नेपालमा २७५३ संक्रमित थपिए, २२०६ ले कोरोना जिते
नेपालमा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित हुनेको कूल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगे छ।
आज थपिएकासँगै नेपालमा ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा नेपालमा २ हजार २ सय ६ जनाले संक्रमण जितेका छन्।
योसँगै संक्रण मुक्त हुनेको कूल संख्या १ लाख ५५ हजार १ सय १४ रहेको छ।
आज थप १७ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या पनि १ हजार ८७ पुगेको छ।