कैलालीमा दुइ कोरोना संक्रमितको मृत्यु
कैलालीमा थप २ जना कोरोना संक्रमितको मत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिकाका १ जना पुरुष र बर्दगोरिया गाउँपालिकाका १ महिला रहेका छन्।
सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ का ३९ वर्षे १ पुरुष र बर्दगोरिया गाउँपालिका–४ की ५९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
उनीहरुको होम आईसोलेसनमा बसेका बेला मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।