अमेरिकामा एकैदिन एक लाख २७ हजार सङ्क्रमित भेटिए

राष्ट्रपति निर्वाचनको नतिजाको व्यग्र प्रतीक्षा भइरहेको समयमा अमेरिकामा कोभिड-१९ को महामारी पनि व्यापक सल्किरहेको छ।

शुक्रबार एकैदिन थप एक लाख २७ हजार जना सङ्क्रमित पाइएका छन् जुन दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या एक करोड पुग्न लागेको छ बिबिसीले जनाएकाे छ।

अमेरिकामा महामारी सुरु भएयता २ लाख ३६ हजार मानिसहरूले कोभिड-१९का कारण ज्यान गुमाइसकेका छन्।

सङ्क्रमितको कुल सङ्ख्या तथा मृत्यु भएको सङ्ख्या दुवैको हिसाबमा अमेरिका कोरोनाभाइरस महामारीबाट सबभन्दा धेरै प्रभावित देश बनेको छ।

मिडवेस्टर्न राज्यहरू नर्थ डेकोटा साउथ डेकोटा, आयोवा तथा विस्कन्सिनमा धेरै सङ्क्रमण फैलिएको छ।

टेक्सस राज्यमा मात्रै सङ्क्रमितको सङ्ख्या दश लाख पुग्न लागेको छ। सबभन्दा धरै सङ्क्रमित भएको क्यालिफोर्नियालाई उसले उछिन्न लागेको बताइएको छ।

निर्वाचनका बेला कोरोनाभाइरसको मुद्दा प्रमुख रहेको भएता पनि धेरै मतदातालाई अर्थतन्त्रको मुद्दाले प्रभावित पारेको मतसर्वेक्षणहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय