रुघा लाग्दा यी पाँच फलको सेवन गरौं

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २२ गते ९:०८

रुघा जुनसुकै मौसममा जोकोहीलाई लाग्न सक्छ। तर, शरीरमा इम्युनिटी पावर राम्रो भयो भने रोगलाई सहजै परास्त गर्न सकिन्छ।

यतिवेला कोरोना महामारी विश्वभर फैलिएको छ। यस्तो अवस्थामा पनि इम्युनिटी पावर बढी हुनु आवश्यक छ।

शरीरमा इम्युनिटी बढाउन खाने कुरामा विशेष ध्यान दिनुपर्छ। नेपालमा चिसो दिनहुँ बढ्दो छ। यस्तो अवस्थामा रुघा लाग्ने सम्भावना बढी हुन्छ।

त्यसैले इम्युनिटी पावर बढाउन फलफूलको सेवनमा विशेष ध्यान दिनु आवस्यक छ। रुघाबाट जोगिन र इम्युनिटी पावर बढाउन यी पाँच फलफूलको सेवन लाभदायक हुन सक्छ।

अम्बा

अम्बा स्वास्थ्यका लागि निकै लाभदायक फल हो। यसले स्वास्थ्यमा थुप्रै फाइदा पु-याइरहेको हुन्छ। यसमा हुने औषधीय गुणका कारण यसलाई ‘अमृत फल’ पनि भनिन्छ।

अम्बामा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षेमता वृद्धि गर्छ। र, विभिन्न रोगको संक्रमण हुनबाट जोगाउँछ।

अम्बामा प्रसस्त मात्रामा फाइबर पनि पाइन्छ। जसले ब्लड सुगर र मुटुका लागि फाइदा पु-याउँछ।

नासपाती

अम्बा जस्तै नासपाती पनि स्वास्थ्यका लागि दाभदायक फल हो। यसमा पनि भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। जसले इम्युनिटी बढाउन सहयोग गर्छ।

नासपातीलाई सामान्य रुघा लाग्दा, फ्लु वा अन्य केही हल्का बिरामी भएमा खान सल्लाह दिनेगरिन्छ। यसको सेवनले मुटु रोगबाट पनि जोगिन सकिन्छ।

सुन्तला

सुन्तला पोषक तत्वले भरपुर फल हो। त्यसैले रुघा लाग्दा विशेषज्ञले सुन्तलाको सेवनका लागि सुझाव दिइरहेका हुन्छन्।

सुन्तला भिटामिन सीले भरपुर हुन्छ। जसले इम्युनिटी पावर बढाउन सहयोग गरिरहेको हुन्छ। सधै सुन्तलाको जुस पिउनु पनि स्वास्यका लागि निकै लाभदायक हुन सक्छ।

मौसमी

मौसमीले पनि इम्युनिटी पावर बढाउँछ। किनकि यो पनि भिटामिन सी र एन्टिअक्सिडेन्टले भरपुर हुन्छ।

यसको नियमित सेवनले रुघा र जोरोको समस्याबाट जोगिन सकिन्छ। यस्तै ब्याक्टेरिया र भाइरससँग लड्न पनि यसको सेवन लाभदायक हुन सक्छ।

आरुबखडा

आरुबखडामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ। यसमा भिटामिन ए, सी, के र फाइबर हुन्छ।

यसका अलावा यसमा एन्डिअक्सिडेन्ट पनि हुन्छ। जसले गर्दा यसको सेवनले शरीरमा इम्युनिटी पावर बढ्न जान्छ। र, रोगसँग लड्न मदत्‌गार हुन्छ। आरुबखडा खाँदा शरीरमा शक्ति पनि पैदा हुन्छ। तर, कुनै पनि चिजको सेवनभन्दा पहिले चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय