रेसिडेण्ट एसोशियसन अफ न्याम्सको अध्यक्षमा डा. किरण पाण्डेय

हेल्थपाेस्ट/काठमाडाै‌
प्रकाशित
२०७७ कार्तिक २१ गते १७:४७

रेसिडेण्ट एसोशियसन अफ न्याम्सको आगामी कार्यकालका लागि अध्यक्षमा डा. किरण पाण्डेय चयन भएका छन्।

शुक्रबार भएको अनलाइन निर्वाचनमा एक सय ३१ मत ल्याउँदै पाण्डेय निर्वाचित बनेको रेसिडेण्ट अफ न्याम्सले जानकारी दिएको छ।

शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। जसमा कूल मत दुई सय ५३ परेकोमा पाण्डेयले एकसय ३१ मत ल्याएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी डा. प्रनाम जयरुले ६३ मत ल्याएका छन् भने अर्का उम्मेदवार डा. विकल लामिछानेले ५८ मत प्राप्त गरेका छन्।

जम्मा २८१ मतदाता रहेकोमा २५३ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय