शुक्रबार २९ सय ९ संक्रमित थपिए, ४५ सय डिस्चार्ज

शुक्रबार देशभर दुई हजार ९ सय ९ जनामा कोरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार १५४ पिसिआर परीक्षणमा २९०९ जनामा कोरोना संक्रमण देखिएको हो।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ जना पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार कोरोना जितेर घर फर्किनेको संख्या संक्रमितको भन्दा बढी छ।

आज देशभर चार हजार पाँचसय जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यससँगै हालसम्म नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ।

थप १८ जनाको मृत्यु

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ७० पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार १५३ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १५ लाख १७ हजार ३४३ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय