कोरोना संक्रमणबाट पूर्ववडाध्यक्षको मृत्यु
काठमाडौमा व्यवसाय गर्दै आएका एक झापालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा साविक महारानीझोडा गाविस वडा नम्बर ६ का पूर्ववडाध्यक्ष ६० वर्षीय देवेन्द्र खड्का छन्। उनलाई एकसाता अघि कोरोना संक्रमण पुष्टि भएको थियो।
हाल गौरादह नगरपालिका ४ स्थायी बासिन्दा कार्कीले काठमाडौँमा करिब दुई दशक अघिदेखि किराना पसल गर्दै आएका थिए।