स्कुल खोल्नेबित्तिकै शिक्षक र विद्यार्थीमा कोरोना अधिक देखियो, यस्तो छ स्कुल सञ्चालनको प्रोटोकल

आन्ध्र प्रदेशमा कक्षा ९, १० र १२ मा अध्ययनरत विद्यार्थीमा स्कुल खुलेपछि कोरोना भाइरसको संक्रमण अधिक मात्रामा देखिएको छ। त्यहाँ हालसम्म ५७५ जना विद्यार्थी र ८२९ शिक्षकममा कोरोना देखिएको हो।

विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि प्रदेश सरकारले कोरोना समुदायमै पसिसकेको भन्दै अब स्वास्थ्य प्राटोकलअनुसार विद्यालय सञ्चालन गर्ने बताएको छ।

पहिलो दिनमै अपेक्षाभन्दा बढी संक्रमित देखिए पनि कडा स्वास्थ्य सुरक्षा व्यवस्था अपनाएर स्कुल खोल्नुको विकल्प नभएको आन्ध्र प्रदेश सरकारको शिक्षा विभागले जनाएको छ।

आन्ध्र प्रदेशको शिक्षा विभागको तथ्यांकअनुसार राज्यका कक्षा ९ र २० मा ९ लाख ७५ हजार विद्यार्थी सूचीकृत छन्। जसमा ३ लाख ९५ हजारले कक्षामा उपस्थिति जनाउँछन्। एक लाख ११ हजार शिक्षकमध्ये ९९ हजार शिक्षक शैक्षिक संस्थानमा कार्यरत छन्।

एकै कक्षामा १५–१६ विद्यार्थी कक्षामा बस्न सक्नेछन्

शिक्षा विभागका आयुक्त वी चन्निा वीरभद्रुले हाल कोरोना प्रोटोकल पालना सुनिश्चि गरिने बताएका छन्।

उनले भने, ‘४ नोभेम्बरमा लगभग चार लाख विद्यार्थी विद्यालयमा आएका थिए। उनीहरुमध्ये २६२ जनामा संक्रमण देखिएको छ। यो कूल संख्यामधये ०.१ प्रतिशत पनि होइन।’

उनले स्कुल आउनाले बच्चा संक्रमित भएको भन्ने भनाइ गलत भएको बताएका छन्। ‘हामी सुनिश्चित गर्दछौं कि हरेक स्कुलमा कक्षाकोठामा केवल १५ वा १६ जना विद्यार्थी मात्रै राख्नेछौं।’

उनले विद्यार्थी र शिक्षक दुवैको जीवन महत्वपूर्ण भएको बताएका पनि छन्। सरकारद्वारा जारी गरिएका कडा प्राटोकलका बीच पनि संक्रमितको संख्या बढ्दै गएकाले यहाँका अभिभावक शशंकित बनेका छन्।

यस्तो छ व्यवस्था

आन्ध्र प्रदेश सरकारको आदेशअनुसार कक्षा ९, १० र इन्टरमिडियटका क्लास आधा दिन मात्रै सञ्चालन गरिनेछ। बालबालिकालाई एक दिनको ग्याप राखेर विद्यालय बोलाउने गरिएको छ।

कक्षा ६, ७ र ८ का क्लासहरु २३ नोभेम्बरदेखि सुरु हुनेछन्। तर, १, २, ३, ४ र ५ कक्षाको अध्यापन भने १४ डिसेम्बरदेखि सुरु गर्ने प्रदेश सरकारको शिक्षा विभागले जनाएको छ। एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय