पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्लाज्मा दान गर्ने

कोरोना संक्रमण भएर निको भएका पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्लाज्मा दान गर्ने घोषणा गरेका छन ।

नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदिप पौडेलको अगुवाईमा सञ्चालनमा ल्याइएको प्लाज्मा दानसम्बन्धी मोवाइल एपमा थापा दम्पतीले नाम रजिष्ट्रर गराएका हुन ।

थापाले सामाजिक सञ्जालमार्फत प्लाज्मा दानका लागि संचालित वेभसाइटमा आफु र श्रीमती डा. अन्जना केसीको नाम दर्ता गराएको उल्लेख गरेका छन् ।

संक्रमण भएर निको भएका नेता, सामाजिक अगुवालगायतका व्यक्तिले प्लाज्मा दान गरिदिदाँ दान गर्ने प्रवृति बढ्ने र उपचारमा सहज हुने अभियान्तहरुको विश्वास छ ।

थापासहित परिवारका अधिकांश सदस्य कोरोना संक्रमणमा परेर अहिले भाइरस मुक्त भएका छन् ।

संक्रमण भएर निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर जटिल अवस्थका संक्रमितलाई दिइन्छ ।

सो प्लाज्माका कारण संक्रमितमा एन्टिवडी विकास भएर भाइरससँग लड्ने क्षमता विकास गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय