देशभर ३०५१ संक्रमित थपिए

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २० गते १७:५१

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५१ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमित हुनेको कूल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनसार हात देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३० जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ।

पछिल्लो २४ घन्टामा मात्रै थप १८ संक्रमितले ज्यान गुमाएका छन्। योसहित आजसम्म नेपालमा १ हजार ५२ संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय