चितवनमा कोराना संक्रमितका लागि थपिएनन् आइसियु

चितवनमा कोरोना संक्रमितको उपचारका लागि आइसियुको अभाव भएको छ।

नवलपरासी, मकवानपुर, तनहुँ, लमजुङ, गोरखालगायतका स्थानबाट जटिल खालका बिरामी आउन थालेपछि आइसियुको अभाव भएको हो।

कोरोना संक्रमितका लागि छुट्याइएका आइसियुमा बिरामी भरिएका जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजमा जटिल खालका कोरोना संक्रमितको उपचार भइरहेको छ।

यी अस्पतालले ५५ वटा आइसियु मात्रै कोरोना संक्रमितका लागि छुट्टाएका छन्। तर, अस्पतालमा बनाइएका आइसोलेसन भने खालि हुँदै गएको तिवारीले बताए।

कोरोना संक्रमित बढ्दै गर्दा पनि चितवनमा थप आइसियु कक्षको भने विस्तार गरिएको छैन। जिल्लामा १ सय ८१ वटा आइसियु रहेपनि ५५ मात्रै कोरोना संक्रमितका लागि उपलब्ध छन्।

तत्काल आइसियु तयार गर्ने अवस्था नरहेकाले एचडियु (हाई डिपेन्डेन्सि केयर युनिट) निर्माण गर्न निर्देशन दिएको तिवारीले बताए। सामान्य स्वास फेर्न गाह्रो भएका संक्रमितलाई एचडियुमा राख्न सकिन्छ।

अहिले चितवन मेडिकल कलेजले ४४ वटा एचडियु सञ्चालन गरेको छ। भरतपुर अस्पताल पनि ४० वटा एचडियु निर्माणको चरणमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

अहिले भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि २ भेन्टिलेटर, १० आइसियु र एक सय ५३ बेडसहितको आइसोलेसन तयार छ।

आइसोलेसनमा बिरामी कम रहेपनि भेन्टिलेटर र आइसियुमा बिरामी भरिएका पौडेलले बताए।

क्षमता भएपनि कतिपय अस्पतालले कोरोनाका लागि क्षमता विस्तार गरेका छैनन्।

चितवन मेडिकल कलेजमा २ सय २० आइसियु भएपनि कोरोनाका लागि जम्मा २९ बेड छुट्याइएको छ। ६५ आइसियु रहेको पूरानो मेडिकल कलेजले १६ वटा कोरोनाका लागि उपलब्ध गराएको छ।

अन्य बिरामीको उपचार गर्नुपर्ने भएकाले कोरोनाका लागि धेरै आइसियु दिन नसकिएको पूरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए।

उनकाअनुसार कलेजमा १७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेका छन्। लक्षण नभएकाहरु होम आइसोलेसनमा बस्न थालेपछि अस्पतालमा जटिल खालका बिरामी मात्र आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय