नरवणेद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २० गते १४:३६

प्रधानसेनापती पूर्णचन्द्र थापा र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेबीच भेटवार्ता भएको छ।

तीन दिने भ्रमणमा नेपाल आएका सेनाध्यक्ष रणवे र प्रधानसेनापति थापाबीच विहिबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा द्विपक्षीय सैन्य सम्बन्धबारे छलफल भएको थियो। भेटवार्तामा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेनाध्यक्ष नरवणेलाई ब्रिफिङ गरेको भारतीय राजदूतावासले जनाएको छ।

भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।

उनले एक्स–रे मेसिन, आइसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ।

बुधबार काठमाडौं आइपुगेका नरवणेले टुडिखेलस्थित सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरी सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसपछि जंगी अड्डा पुगेका उनलाई नेपाली सेनाले सम्मानस्वरुप गारत प्रदान गरेको थियो।

केही बेरपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने समारोहमा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिने कार्यक्रम छ।

शुक्रबार स्वदेश फर्कनुअघि सेनाध्यक्ष नरवणेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय