राष्ट्रिय आविष्कार केन्द्रलाई एएनएमएफको १५ लाख सहयोग

अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले म्यागासेस पुरस्कार विजेता महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोना प्रतिकार्य अभियानमा सघाउने उद्देश्यले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनका नेपाल अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतलगायतको टोलीले बुधबार पुनलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सोे रकम गुणस्तरीय पिपिइ उत्पादन, कोरोना बुथ निर्माणलगायतमा खर्च गर्न सहमति भएको छ ।

अमेरिकामा कार्यरत हेल्थ प्रोफेसनल तथा अमेरिकाबाट तालिम लिएर फर्किएका चिकित्सकहरुको साझा संस्था हो ।

अध्यक्ष डा. बस्नेतका अनुसार कोरोना कहरका समयमा एक जना स्वास्थ्यकर्मीलाई संक्रमणबाट र उनीहरुको जीवन रक्षा गर्न सकेमा थुपै बिरामीको ज्यान जोगाउँन सकिन्छ भन्ने मान्यताबाट प्रेरिर भएर कार्य गरिरहेको छ ।

महामारीको सुरुदेखि नै विभिन्न सार्वजनिक अस्पतालहरुलाई पिपिई, मास्कलगायतका सामाग्री, स्वाब संकलन बुथ, अक्सिजन प्लान्ट र आइसियु निर्माणमा समेत सहयोग गर्दै आएको छ ।

संस्थाको स्थापना सन् १९९७ मा भएको थियो ।

पुनले एएनएमएफले केन्द्रसँग् मिलेर कोरोना महामारीको समयमा विभिन्न सामान बनाउँने काममा प्राविधिक सहयोग र स्वास्थ्य सम्बन्धी परामर्श दिइरहेको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय