बुटवल उपमहानगरलाई दुई लाख मास्क

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक २० गते ९:५३

बुटवल उपमहानगरपालिकालाई चाईनिज मोनास्ट्री÷किङ्ख वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रालि लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले हस्तान्तरण गरेको छ ।

 

ती दुईवटा चिनीया अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा आएको दुई लाख थान मेकिडल स्तरको गुणस्तरीय सर्जिकल माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

 

सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इन्जिनियर बिजेन्द्र सोमरेले दुई लाख थान सर्जिकल माक्स बुटवलका लागि हस्तान्तरण गरेका हुन् ।

 

त्यसक्रममा प्रमुख सुवेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरि निजी क्षेत्र, सामाजिक संघ संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको बताए । उनले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको बताए ।

 

बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रसासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

 

नेपाल र चिनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र आपसी सहयोग आदानप्रदानमा चिनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा.राजिव झाले आपसी सहयोगका कार्यक्रम जारी रहने बताए ।

 

बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बीचमा गत वर्ष सिस्टर रिलेसनशिप (भगिनी सम्बन्ध) कायम भएको थियो ।

 

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको महामारी विरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य गरिरहेको छ । उपमहानगरका अनुसार बुटवल उपमहानगरले अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माणदेखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय