चितवनमा कोरोना थामेका डाक्टर भोजराज

सन् २०२० सुरुवातमै वुहान कोरोना भाइरस संक्रमणको त्रासमा थियो। तर, नेपालमा मन्त्रीहरू भन्दैथे– ‘नेपाल कोरोनामुक्त देश।’

चिकित्सक, विज्ञहरू भने बेलैमा सचेतना र रोकथामका उपाय अपनाउन घचघच्याइहेका थिए। तीमध्येका एक थिए, डा. भोजराज अधिकारी।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष रहेका उनले चितवनमा कोरोना उपचारका लागि सह्रानीय भूमिका खेले। कोरोना संक्रमितको उपचार गर्दागर्दै उनी नै संक्रमणको चपेटामा परे।
चितवनमा कोरोना संक्रमणका घटना फाटफुट सार्वजनिक हुन थालेका थिए। अधिकारीले कोरोना परीक्षण र उपचारका लागि छुट्टै अस्पतालको वकालत गरे। र, प्रबन्ध गर्न लागे। भरतपुरमा कोरोना डेडिकेटेड अस्पताल पनि बन्यो।

यो अभ्यासको सिको अन्य प्रदेशले पनि गरे।
‘मैले फागुन–चैतमा दिएका अन्तर्वार्ता हेर्नुहुन्छ भने डा. शेरबहादुर पुन र ममात्र बोलेका छौं। यो विषयमा अरू बोलेका छैनन्।

कसैले कोरोनालाई सामाजिक मुद्दा बनाएनन्,’ उनले भने, ‘हामीले सचेतना अपनाउन आह्वान गर्दागर्दै महामारीको रूपमा फैलिएको छ।’

उनी कोरोना नियन्त्रणमा लाग्दाका सुरुवाती दिन धेरै अस्पताल प्रशासन र चिकित्सकसमेत अन्योलमा थिए। गत चैत ४ मा पुष्पाञ्जली अस्पतालमा कोरोनाको जस्तै लक्षण भएका एकजनाको मत्ृयु भयो। त्यो घटनाले अधिकारीलाई झस्कायो। त्यतिबेला सातजना आइसियुमा थिए।

उनले सम्झे, ‘मेरा लागि यो कोरोना नै हो, यस्ता मान्छे अस्पतालमा सिकिस्त भएर आयो भने कुन अस्पतालमा राख्छन् त?’

उनी त्यही दिनदेखि कोरोनाका बिरामीलाई राख्ने छुट्टै ठाउँ खोजीमा जुटे। ५ गते नै उनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रस्ताव राखे। र, चैत ७ गते नै कोभिड अस्पताल बन्यो।

यसले राष्ट्रिय स्तरमा समेत नयाँ सन्देश दियो।

अहिले उनी भरतपुर महानगरपालिकाका स्वास्थ्यविज्ञ समेत हुन्।

महामारीमा थपिएको जिम्मेवारी


कोरोना महामारी उकालो लाग्दै गर्दा चैत १८ मा उनले भरतपुर अस्पतालको अध्यक्षको जिम्मेवारी पाए। उनी यो अस्पतालको अध्यक्ष बन्ने पहिलो डाक्टर हुन्।

त्यो आधारमा पनि अस्पतालको व्यवस्थापनमा उनको नियुक्तिले आसा बढायो।

चितवन र वरिपरिका जिल्लाका जनताको प्रमुख भरोसा अस्पताल भएकाले पनि भरतपुर अस्पतलभित्रै पनि थुपै तयारी गर्नु थियो। उनी भरतपुर अस्पतालको जनशक्ति व्यवस्थापनमा लागे।

चिकित्सकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनेदेखि भौतिक संरचना निर्माणमा तल्लिन भए।

अस्पतालमा ७५ बेडको आइसोलेसनबाट १ सय ७५ सम्म पु-याइयो। कोरोना संक्रमितको उपचारका लागि आइसियु व्यवस्थापन गर्ने सन्दर्भमा पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालपछि भरतपुर अस्पताल अग्रणी बन्यो।

अस्पतालमा ७५ बेडको आइसोलेसनबाट १ सय ७५ सम्म पु-याइयो। कोरोना संक्रमितको उपचारका लागि आइसियु व्यवस्थापन गर्ने सन्दर्भमा पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालपछि भरतपुर अस्पताल अग्रणी बन्यो।

कोरोनाको उपचारमा मनोबल बढाउनका लागि उनले स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको सुरुवात समेत गरे।

त्यो समयमा सरकारले जोखिम भत्ताको सुरुवात नै गरेको थिएन। अस्पतालले ३ करोड रुपैयाँ जोखिम भत्ता स्वास्थ्यकर्मीलाई दिएको छ। पछि सरकारले २ करोड ३२ लाख रुपैयाँ जोखिम भत्ता भनेर पठायो।

सुरुवाती चरणमा कोरोना भन्ने बित्तिकै स्वास्थ्यकर्मीसमेत डर मान्थे। चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएमा कहाँ राख्ने? उनले होटल खोजेर क्वारेन्टिन बनाए।

अस्पतालभित्रै पनि २५ बेडको आइसोलेसन तयार पारियो।

कर्मचारीमा कोरोना संक्रमण देखिन थाल्यो। व्यवस्थापन गर्न समस्या हुँदै गयो। तर, हार मानेनन्।

उनले एकीकृत विस्तारित सेवा सुरु गरे। डा. अधिकारीका भनाइमा समूह बनाएर काम गर्नुलाई एकीकृत विस्तारित सेवा भनिन्छ।

एक सातासम्म एक समूह र अर्को सातासम्म एक समूहले काम गर्ने रणनीति बन्यो। त्यसरी काम गर्दा कर्मचारीमा संक्रमण दर घट्यो। यसको अनुशरण अन्य अस्पतालमा पनि हुन थाल्यो।

कोरोना पोजिटिभ र नेगेटिभलाई अप्रेसन कक्षसमेत छुट्टै बनाइएको छ। अहिले अस्पतालमा कर्मचारी आधामात्रै छन्। तर, पनि काम रोकिएको छैन।

त्यही सही व्यवस्थापनकै कारण ७ सयमध्ये आधा कर्मचारीबाट पूर्णरूपमा सञ्चालन भइरहेको छ। सुरुवाती चरणमा जिल्लामा भरतपुर अस्पतालले मात्र कोरोनाका बिरामीको उपचार गरेको थियो।

निजी अस्पतालले उपचार गर्न छाडेपछि दुई मेडिकल कलेजलाई उपचार गराउन पहल भयो। सरकारलाई पत्र नै लेखेर पठाएपछि निजी अस्पताल उपचार गर्न बाध्य भए।

परीक्षण व्यवस्थापन
चितवनबाट संकलन भएको स्वाब काठमाडौं पठाउनुपथ्र्याे। अनेक प्रयासबाट प्रयोगशाल बन्यो र चैत २४ गतेबाट चितवनमै कोरोना परीक्षण सुरु भयो।

संघ सरकार र प्रदेश सरकारको सहयोगबिना नै सरसामान सापटी लिएर पिसिआर परिक्षण गर्न सुरु गरियो। अहिले चितवनमा दैनिक ३ सयको हाराहारीमा पिसिआर परीक्षण हुन्छ, त्यो पनि निःशुल्क।

अहिले महानगरपालिका र अस्पतालकोे पहलमा कोरोना प्रयोगशालामा स्वचालित मेसिन आएर जडानको क्रममा छ।

कोरोना उपचारका लागि अस्पतालकै पहलमा रेमडेसिभिर र प्लाज्मा व्यवस्थापन भइरहेको छ।

अधिकारीको संघर्ष
डा. अधिकारीको जन्म चितवनकै विपन्न परिवारमा भयो। ज्यालादारी नगरे हातमुख जोड्न धौधौ हुन्थ्यो। परिवारको त्यो दुःखले उनमा नजानिदा ेगरी पढ्छु भन्ने चेत हुर्कियो।

उनको पढ्ने चाहनालाई रोटरी क्लबले छात्रवृत्तिमार्फत् सार्थक पारिदियो। रोटरीले किताबकपीसहित महिनाको १ सय रुपैयाँ दिन्थ्यो।

उनले परिवार र सहयोगी संस्थालाई कहिल्यै निराश पारेनन्। १ देखि १० कक्षासम्म सधैं प्रथम नै भइरहे। ५ कक्षा र ८ कक्षमा जिल्ला प्रथम भए। एसएलसीमा बोर्डमै पर्ने आसा थियो।

नेपाली विषयमा अली कमजोर हुनाले एसएलसीमा सोचेजस्तो अंक आएन। ७९ प्रतिशतमा चित्त बुझाउनुप-यो।

घरको अवस्थाले उनलाई एसएलसीलगत्तै काम गर्नुपर्ने बाध्यता थियो। परीक्षा दिएलगतै पटिहानीको ब्राइट स्टारमा पढाउन थाले।

उनले पिजीमा  मेडिसिन तर्फ एक नम्बरमा नाम निकाले। त्यसका लागि पनि उनले भरतपुर मेडिकल कलेजलाई नै रोजे। पिजी पढ्ने समयमा मन्त्रालयले उनलाई महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा सरुवा ग-यो।

त्यहीँ पढाइको पैसा बोकेर उनी उच्चशिक्षा अध्ययनका लागि राजधानी काठमाडौं पसे।

उनी अमृत साइन्सक्याम्पसमा भर्ना भए। पढाइ र काठमाडौं बसाइ खर्च धान्न सक्ने परिवारको आर्थिक हैसियत थिएन। उनले खर्च जोहो गर्न होम ट्युसन पढाउन थाले।

काठमाडौंमा उनी कपुरधारामा बस्थे। होम ट्युसनका लागि नयाँबजार पुग्थे। पढाइमा राम्रो विद्यार्थी देखेपछि घरबेटीको माया पाए। ६ सय रुपैयाँमा कोठा भाडा उनले ३ सयमा पाए।

उनलाई छात्रवृत्तिसमेत पाए। आइएससीपछि उनले भारतीय दूतावासको एमबिबिएस कोटामा छात्रवृत्तिमा नाम निकाले। तर, पैसाका कारण पढ्न पाएनन्।

नाम निकाले पनि ६ लाख रुपैयाँ भारु चाहिने भयो, त्यति पैसा कहाँबाट ल्याउनु? उनको ठाउँमा अर्कोले पढ्न पायो।

उनी काठमाडौंबाट भरतपुर फर्किए। पटिहानीमै बसेर एमबिबिएसका लागि तयारी गर्न थाले। स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा १० नम्बरमा नाम निकाले। २०५६ मा छात्रवृत्तिमा मणिपाल मेडिकल कलेजमा पोखरामा पढ्न थाले।

२०६१ सम्म पोखरा नै बसे। इन्टर्नसिपपछि भरतपुर आएर पुरानो मेडिकल कलेजमा काम गरे। त्यतिखेर ३ हजार रुपैयाँमा काम सुरु गरेका थिए। उनको काम देखेर इन्टर्नसिपको समयमै कलेजले २४ हजार पु¥याइदियो। त्यसपछि डा. भोजरालले चिकित्सक पेसाबाट पछि फर्केर हेर्नुपरेन।

त्यसको एक वर्षपछि काठमाडौं बाहिर डायलासिस गर्ने पहिलो चिकित्सकको नामसमेत लेखाउन पुगे। उनले पुरानो मेडिकल कलेजमा डायलासिस सुरु गरेको श्रेय डा. अधिकारीलाई नै जान्छ।

फापेन सरकारी जागिर
डा. अधिकारी भरतपुर अस्पतालका चिकित्सक हुन्। तर, उनी १० वर्षदेखि करारमै सेवा गरिरहेका छन्। लोकसेवा आयोगमार्फत मेडिकल अफिसरमा नामसमेत निकाले। तर, विविध कारणले छुट्न पुग्यो। २०६३ मा सरकारी सेवामा प्रवेश गरेका हुन्।

सेवा प्रवेशसँगै जुटपानी स्वास्थ्य चौकीका पहिलो डाक्टर खटिए।

त्यतिबेला नै उनले पिजीमा  मेडिसिन तर्फ एक नम्बरमा नाम निकाले। त्यसका लागि पनि उनले भरतपुर मेडिकल कलेजलाई नै रोजे। पिजी पढ्ने समयमा मन्त्रालयले उनलाई महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा सरुवा ग-यो।

उनलाई जागिरभन्दा पढाइ महत्वपूर्ण लाग्यो। मन्त्रालयले बिदा स्वीकृत गरेन। पछि दरबन्दी खोज्दै जाँदा महेन्द्रनगर भेटे। दुई दिन हाजिरसमेत गरे। त्यहाँ काम गर्न मन लागेन। सरुवा मागे, पाएनन्।

भरतपुर अस्पतालका तत्कालिन मेसु डा. केशव भुर्तेलले सरुवा मिलाउने भन्दै समितिबाट काम गर्न अनुरोध गरे। तर मिलेन। पछि उनलाई मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी जागिर छोड्न लगाइयो। उनले २०६७

असोज १५ गतेबाट भरतपुर अस्पताल विकास समितिले मेडिकल अफिसरमा राख्यो। उनी आठौं तहमा सेवा प्रवेश गरेका हुन्। १० वर्ष पुग्दा पनि उनी आठौं तहमै छन्।

डा. कृष्ण पौडेल मेसु हुँदा उनलाई कन्सल्टेन्ट फिजिसियन पद दिएका थिए। तर, सेवा सुविधा भने आठौं तहकै छ।

गगन थापा स्वास्थ्य मन्त्री हुँदा सरकारले उनलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्ष बनायो। यसलाई उनी महत्वपूर्ण जिम्मेवारी ठान्छन्।

उपाध्यक्षवापत गाडीको सुविधा हुन्छ तर, उनले लिएका छैनन्। दोहोरो सेवासुविधा नहोस् भनेर बैठक भत्तामात्र लिएको उनी सुनाउँछन्।

बिरामीको सेवा र चितवनभित्रै रमाइरहेका डा. अधिकारीलाई परिषदले मूलप्रवाहमा जोड्यो। त्यही

मूलप्रवाहको सम्बन्धले पनि अहिले कोरोनाको उपचार तथा रोकथाम व्यवस्थापनमा सहयोग पुगेको डा. अधिकारी बताउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय