आइसियु नपाउँदा शिक्षण अस्पतालकै लेखाअधिकृतको गयो ज्यान

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १९ गते १८:३२

धादिङकाराजाराम इटनी ३० वर्षदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको लेखाअधिकृतका रूपमा कार्यरत थिए।

उनी दसैं मनाउन भन्दै दसैंभन्दा केही दिन पहिले घर गए। उनले दसैं पनि मनाए। तर, दसैं मनाइसकेपछि ४५ वर्षीय इटनीको स्वास्थ्यमा समस्या देखिन थाल्यो।

उनले अस्पताल प्रशासनलाई आफू अस्वस्थ रहेको भन्दै थप केही दिनको बिदा मागे। सोमबार राति साढे १२ बजे उनी अस्पताल त पुगे तर आफैं आइसियुमा भर्ना हुनुपर्ने अवस्थामा।

अस्पताल पु¥याउँदा उनको अवस्था निकै नाजुक बनिसकेको थियो। उनलाई तुरुन्तै जसरी पनि आइसियुमा राख्नुपर्ने थियो। टिचिङमा डिउटीमा रहेका चिकित्सकहरूले आइसियुका बेड खाली थिएन ।
त्यसपछि राजधानीमा खाली आइसियु कता छ भन्दै उनको परिवार खोजीमा जुट्यो। बल्ल करुणा अस्पतालमा आइसियु खाली रहेको पाइयो। त्यति गर्दा निकै समय घर्किसकेको थियो।

उनलाई टिचिङबाट करुणा अस्पताल लगियो। त्यहाँ पु¥याउँदा पु¥याउँदै उनको प्राणपखेरु उड्यो।

३० वर्षदेखि काम गर्दै आएको अस्पतालमा बेड नाउँदा ज्यान गुमाउनुपरेपछि उनको परिवार निकै दुःखी बनेको छ।

अस्पतालका लेखा प्रमुख कपिलदेव ढकाल पनि आइसियु अभावमा आफ्नो सहपाठीले ज्यान गुमाउनुपरेको घटनाबाट निकै दुःखी छन्।

’दसैंमा घर जानुभएको थियो। बिहीबार मलाई सञ्चो भएन सर भनेर खबर गर्नुभएको थियो। त्यसपछि उहाँको मोबाइल अफ थियो। सोमबार राति परिवारले इमर्जेन्सीमा ल्याउँदा अस्पतालमा आइसियु बेड खाली थिएन। उहाँको अवस्था निकै नाजुक थियो,’ ढकालले आयोमेलसँग भने।

अहिले पनि ढकालको कानमा इटनीले ’अहिले सञ्चो छैन सर एकरदुई दिन अफिस आउँदिनँ’ भनेको शब्द गुन्जरिहन्छ।

उनले इटनीको मंगलबार बिहान आठ बजेतिर निधन भएको बताए।

’म बिहानै अस्पताल पुगेँ। उहाँ बिरामी भएर करुणा अस्पताल भर्ना भएको खबर सुनेँ। गाडी लगेर करुणा अस्पताल पुग्दा उहाँको ज्यान गइसकेको रहेछ,’ ढकालले भने।

इटनी २०४७ सालदेखि त्रिविमा कार्यरत कर्मचारी हुन्। उनमा केही दिनदेखि ज्यान दुख्ने र हल्का ज्वरो आउने समस्या देखिएको थियो।

घरमै आराम गरेका इटनीलाई सोमबार राति स्वासप्रस्वासमा कठिनाइ भएपछि राति साढे १२ बजे शिक्षण अस्पताल पु¥याइएको अस्पताल प्रशासनले जनाएको छ।

पारिवारिक स्रोतले भने डिउटिमा रहेका चिकित्सकहरूले ’भेन्टिलेटर चाहिन्छ, हामी कहाँ छैन’ भन्दै चासो जदिएको आरोप लगाएको छ।

सधै अरूको ज्यान जोगाउन तल्लिन इटनीले आफैं बेड नपाएर ज्यान गुमाउनुपरेको भन्दै उनको परिवार निकै दुःखी बनेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय