प्रयोगशालाले रिपोर्टसँगै संक्रमितलाई परामर्श समेत दिनुपर्ने

सरकारले कोरोना परीक्षण गर्ने अस्पताल तथा प्रयोगशालाले संक्रमण रिपोर्टसँगै परामर्श दिनुपर्ने निर्णय गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट सिष्टमको निर्णयअनुसार अस्पतालका प्रयोगशालाले आफै र प्रयोगशालामात्र भएका संस्थाले अस्पतालसँग सहकार्य गरेर यस्तो परामर्श दिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयले हालसम्म देशभर ६८ प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ । सरकारको नयाँ निर्णयसँग प्रयोगशालाहरुलाई अतिरिक्त जिम्मेवारी थपिएको छ ।

अहिले बिरामी व्यवस्थापन गर्न धौधौ परिरहेका अस्पतालहरुले सयौं बिरामीलाई कसरी टेली परामर्श दिनसक्छन् भन्ने विषयमा मन्त्रालयका अधिकारी नै अन्योलमा छन्।

अस्पताल संचालकहरुले भने, सरकारको निर्णयले टेलि कन्सल्टेसनका नाममा रिपोर्ट वितरण नै ढिला हुने र झन् अस्तव्यस्त हुने आशंका गरेका छन् ।

प्रहरी अस्पताल कोभिड अस्थायी अस्पताल

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड इन्सिटेन्ट कमान्ड सिष्टमले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल संचालनको अनुमति दिएको छ ।

यसअघि प्रहरी र तीनका आफन्तलाई मात्रै सेवा दिदै आएको अस्पताललाई कोरोना अस्पताल बनाउँने निर्णय सरकारले गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय