३३०९ संक्रमित थपिए, उपत्यकामा १८७८

नेपालमा कोरोना भाइरसको ३ हजार ३ सय ९ संक्रमित थपिएका छन् ।

उपत्यकामा मात्रै १ हजार सय ७ संक्रमित थपिएका छन् । देशभर ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ३ हजार ३०९ जनालाई कोरोना संक्रमित थपिएको बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ रहेको छ ।

२४ घण्टामा ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

उपत्यकामा थपिएका १ हजार ८७८ मध्ये काठमाडौंमा १ हजार ५७०,भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनालाई कोरोना पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय