वीर अस्पतालको इमर्जेन्सी बिभागका १६ चिकित्सकको सामूहिक राजीनामा
वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।
अस्पतालका आन्दोलित कर्मचारीहरूले आफ्ना माग पूरा गर्न अस्पताल पदाधिकारीलाई निरन्तर आग्रह गर्दा पनि कुनै सुनुवाइ नै नभएको भन्दै सामूहिक राजनीनामा दिएको जनाएका छन्।
उनीहरू एक विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा घोषणा गरेका छन्।
कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरू कात्तिक २ गतेदेखि आन्दोलित थिए।
उनीहरूले आफूहरूलाई ज्यालादारी भनेर दसैंतिहारको भत्ता नदिएको, एक दिनको तलब कटारेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र अस्पताल प्रशासनले घम्किपूर्ण भाषामा २४ सै घन्टा काममा खटाएकाले सामूहिक राजीनामा दिनुपरेको विज्ञप्तिमा उल्लेख छ।
इमर्जेन्सी बिभागका १६ मेडिकल अधिकृतहरूले सामूहिक राजीनामा बुझाएका हुन्।
Dhamilo panima machhaa marne bhaneko yahi ho. 12 wata rajnaitik sangathan bhaeko bir aspataalmaa andolan hunu swabhabik ho. jaha dherai kaam garna hoina jagir khana janchhan bhatta khojchhan. hajir garer tap thokne karar ka chikitshak pani chhan. kasle ke garne sabai neta.