भक्तपुरमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो
सानो जिल्ला भक्तपुरमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ ।
हालसम्म भक्तपुरका २ हजार ६ सय ३३ महिला र ३ हजार ४ सय ५४ पुरुष गरी ६ हजार ८७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको उल्लेख गरिएको छ ।
जसमा ४ हजार तीन सय २६ कोरोना जितिसकेका छन् ।
अहिले सक्रिया संक्रमितको संख्या एक हजार ६ सय ८६ जना रहेका छन् ।
कार्यालय प्रमुख कृष्णवहादुर मिजारका अनुसार अहिले जिल्लामा सात सय १६ महिला र नौ सय ७० पुरुष गरी एक हजार ६ सय ८६ सक्रिय संक्रमितहरु रहेको बताएको छ ।
संक्रमितहरु मध्ये एक हजार आठ सय ९४ महिला र २ हजार चार सय ३२ पुरुष गरी चार हजार तीन सय २६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
भक्तपुरमा कोरोनाका कारण ७५ जनाको मृत्यु भइसकेका छन् ।
जसमा २३ महिला र ५२ पुरुषको मृत्यु भइसकेको जनाएको छ । मिजारले अहिले दिनदिनै संक्रमित विरामीको मृत्यु भइरहेको जानकारी गराए ।
कोरोना जाँच आफ्नै पैसाले गर्नुपर्ने भएपछि संक्रमित संख्या घटेको उनको बुझाई छ ।