कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा सावधानी छैन, बढ्यो जोखिम

कोरोना संक्रमणकाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा आवश्यक सावधानीमा ध्यान नदिदा मृतकका परिवार एवं मलामीसमेत जोखिममा परेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव अन्य मृतकसरह अन्तिम संस्कार (सद्गत) गर्न आफन्तलाई सरकारले अनुमति दिएको छ ।

कोरोनाले मृत्यु भएका व्यक्तिको मलामी धेरै जना जाने, भीडभाड गर्ने, भौतिक दुरीको ख्यालै नगर्ने, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग नगर्ने प्रवृति देखिएको छ ।

कोरोनाले मत्यु भएका धेरै व्यक्तिको अन्त्येष्टि नेपाली सेना र कतिपयको परिवार आफैँले गर्ने गरेका छन् ।

मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएका झापा गौरादह नगरपालिका १ गेउरियाका ८४ वर्षीय अधिकारी थरका व्यक्तिको सद्गत परिवार सदस्य आफैले गरे।

कोरोनाकै कारण मृत्यु भएका कमल गाउँपालिका ५ मंगलबारेका ७२ वर्षीय खरेल थरका व्यक्तिको पनि परिवारकै सदस्य अन्त्येष्टि गरेका थिए ।

सरकारले ‘कोभिड–१९’ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि’ संशोधन गर्दै घरमै आइसोलेशनमा संक्रमितको निधन भएमा आफन्तले शव व्यवस्थापन गर्न पाउने व्यवस्था गरेको थियो ।

कार्यविधिअनुसार संक्रमित कुनै व्यक्तिको होमआइसोलेशनमा मृत्यु भएमा आफन्तले स्थानीय जनपप्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।

शवलाई आफन्तले पीपीई, पञ्जा, मास्क र पुरा बाहुला भएको गाउन लगाई प्लाष्टिकमा -याप गर्ने (बेर्ने) र बडीब्यागमा राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

‘आइसोलेशनमा राखेको स्थानबाट शव बोक्ने गाडीसम्म शव पनि आफन्तले नै लैजानु पर्छ ।

शव बाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्छ र उनीहरुले सुरक्षा सामग्रीको प्रयोग गर्नु पर्छ ।’ कार्यविधिमा उल्लेख छ ।कनकाई नगरपालिकाको कोटीहोम घाटमा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्दा खासै सावधानी अपनाउने गरिएको छैन ।

कोटीहोमका पाँचवटा घाटमध्ये उत्तरपट्टिको घाट कोरोनाले मृत्यु भएका व्यक्तिहरुको लागि छुट्याइएको छ ।

‘कोरोनाले मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टि गर्दा परिवारका एकजना सदस्यलाई पीपीई दिने गरिएको छ’

कोरोनाले मृत्यु भएकाको शव जलाउँदा अपनाउनु पर्ने सावधानी नअपनाउने गरेको पाइएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए ।

अन्त्येष्टिको जिम्मेवारी लिएका नेपाली सेनाको टोली शवलाई आगो लगाएर हिँडिसकेपछि आफन्तहरु नजिक जाने गर्दा जोखिम बढेको उनको भनाई छ ।

‘कोरोनाले मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टि गर्दा परिवारका एकजना सदस्यलाई पीपीई दिने गरिएको छ’ अधिकारीले भने , ‘तर पीपीई लगाउने व्यक्ति शव नष्ट नहुन्जेलसम्म पीपीई लगाएर बस्ने नै गर्दैनन् ।’

जिल्लामा कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुको शव चारआलीस्थित श्री नयाँ श्रीनाथ गणको सैनिक टोलीले व्यवस्थापन गर्ने गरेको छ ।

मृतकको शव व्यवस्थापनका लागि आफूहरुले सावधानी अपनाउँदै आएको उपसेनानी सन्दीप अधिकारीले बताए । उनले शव अन्त्येष्टिका बेला आफन्त र मलामीलाई ५० मिटर टाढा राख्ने गरेको जानकारी दिए ।

योभन्दा अगाडि कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्दै आएको थियो।

यो कार्यविधि अस्पतालमा मृत्यु भएका व्यक्तिका लागि बनाइएको थियो। तर होमआइसोलेसनमा मृत्यु भएमा के गर्ने भन्ने कुरा भन्ने कार्यविधिमा उल्लेख गरिएको थिएन।

यद्यपि, होमआइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा सम्बन्धित व्यक्तिका आफन्तले जानकारी गराएपछि केन्द्रले नै व्यवस्थापन गर्दै आइरहेको थियो।

संक्रमण देखिएका व्यक्तिको शव व्यवस्थापन गर्दा धेरै सतर्कता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

होमआइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा सम्बन्धित व्यक्तिका आफन्तले जानकारी गराएपछि केन्द्रले नै व्यवस्थापन गर्दै आइरहेको थियो।

संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्नुपर्ने अवस्था भयो भने सावधानी अपनाउनु पर्ने उनीहरूको जोड छ ।

डेथबडीबाट सरेको भन्ने अहिलेसम्म थाहा नभए पनि सावधानी त अपनाउनु पर्ने जानकारको सुझाव छ ।

बिरामीले थुक्दा वा हाँछ्यू गर्दा, -याल, थुकका छिट्टा निस्केको हुन सक्ने र सतहमा भाइरस केही घण्टा बाच्न सक्ने भएकोले आफन्तले छोए संक्रमणको जोखिम भने रहन्छ ।

शवको सनाखत गर्दा मास्क र पञ्जा नलगाएको अवस्थामा भाइरस सर्न सक्छ। यसलाई चिकित्सकको भाषामा ‘बडी सेक्रेसन’ भनिन्छ । विशेषगरी यसमा -याल, थुक, सिगान पर्छन्। यसकारण आफन्तले उच्च साबधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

अन्य व्यक्ति भन्दा पनि शव व्यवस्थापनमा खटिने व्यक्तिले सुरक्षाका सामग्री सावधानीपूर्ण रुपले प्रयोग गर्नुपर्छ ।

सरकारले कार्यविधिमा उल्लेख गरिएका अनुसार प्रयोग गरिनुपर्ने पीपीई, मास्क, पञ्जा सबैको पहुँचमा नहुन पनि सक्छ,यस्तो बेला जोखिम बढ्ने खतरा हुन्छ ।

तालिमप्राप्त मानिसले शव व्यवस्थापन गर्दा धेरै फरक पर्ने जनस्वास्थ्यविज्ञहरु बताउँछन्।

आफन्तले शव व्यवस्थापन गर्दा संक्रमणको जोखिम मात्रै होइन यो एकदमै कठिन काम पनि हो । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा भने जस्तो सुरक्षा सावधानी अपनाउन गाह्रो हुँदा जोखिम बढ्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय