नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाध्यो, मृत्युदर सार्कमा चौथो कम

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघेको छ ।

मंगलबार २० जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको छ ।

प्रयोगशाला प्रमाणित कुल संक्रमित १ लाख ७९ हजार ६ सय १४ को आधारमा यो मृत्युदर ० दशमलव ६ प्रतिशत मात्र हो ।

जुन सार्क सदस्य राष्ट्रहरु श्रीलंका, भुटान र माल्दिभ्सभन्दा बढी हो ।

सार्कमध्ये सबैभन्दा बढी मृत्युदुर अफगानिस्थानमा ३ दशमलव ७ प्रतिशत, पाकिस्तानमा २ प्रतिशत, बंगलादेश र भारमा बराबर १ दशमलव ५ प्रतिशत छ ।

त्यसैगरी श्रीलंकामा ० दशमलव २ प्रतिशत छ भने माल्दिभ्स र भुटानमा कोरोनाबाट कुनै पनि मानवीय क्षति भएको छैन् ।

मृत्युदर कम भएपनि सार्क सदस्य राष्ट्रको तुलनामा निको हुने दरमा भने नेपाल पछाडी छ ।

नेपालभित्रकै तुलनामा बागमती प्रदेशमा सबैभन्दा बढी ५ सय ३, प्रदेश २ मा १५९, लुम्बिनीमा १ सय ३८ र प्रदेश १ मा १ सय १९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यसैगरी गण्डकीमा ५५, सुदूरपश्चिममा १७ र कर्णालीमा १३ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय