नयाँ संक्रमित संख्या ३११४, उपत्यकामा १४६८

हेल्थपोस्ट नेपाल

देशभर कोरोना भाइरस डिजिज (कोभिड-१९)का ३ हजार १ सय १४ संक्रमित थपिएका छन् ।

देशभर ११ हजार १ सय ६६ नमुना परीक्षण हुँदा ३ हजार १ सय १४ संक्रमित थपिएका हुन् ।

आइतबारको तुलनामा परीक्षण घटेको र संक्रमित बढेका हुन् ।

कोभिड १९ सम्बन्धी दैनिक अपडेट रिपोर्टअनुसार मंगलबार २० जनाको मृत्यु भएको छन् भने ३ हजार १सय ४२ जना भाइरसमुक्त भएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौमा सक्रिय संक्रमित १५ हजार ८ सय ६३ छन्, त्यसैगरी लतिलपुरमा २ सय २ सय ६४ र भक्तपुरमा १ हजार ९९ छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *