कोरोनाबाट बिर्तामोडका अर्का व्यवसायीको मृत्यु

हेल्थपोस्ट/झापा
प्रकाशित
२०७७ कार्तिक १८ गते १२:५८

झापामा कोरोना संक्रमणबाट सोमबार थप एकजना व्यवसायीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ५ का ६२ वर्षीय देवीप्रसाद भट्टराई छन् ।

उनको आज बिहान २ बजे उपचारका क्रममा विराट मेडिकल हस्पिटल विराटागरमा मृत्यु भएको हो ।

कात्तिक २ गते उनलाई संक्रमण पुष्टि भएपछि सोही दिन विराटनगर लगिएको थियो ।

मृतकको शव लिन बिर्तामोड नगरपालिकाको शवबाहन गएको छ । मृतक अलैँची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईका बाबा हुन् ।

योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

परिवारको सहमतिमा तस्बिरसमेत राखिएको हो  : सं

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय