चितवनमा कोरोना निको हुने दर कम, ३३ प्रतिशत सक्रिय संक्रमित

हेल्थपोस्ट/चितवन
प्रकाशित
२०७७ कार्तिक १८ गते ९:५७

चितवन जिल्लामा कोरोना संक्रमणबाट ६७ प्रतिशत निको भएका छन् ।

देशभर र अन्तराष्ट्यि तथ्यांकका आधारमा हेर्दा यो दर कम हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४ हजार ४ सय ५३ कुल संक्रमित मध्ये सोमबार साँझसम्म २ हजार ७ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

जिल्लामा अझै ३७ प्रतिशत संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार १ हजार ६ सय ५ जना संक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमित मध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १ हजार १ सय ९६ छन् ।

त्यसपछि क्रमशः रत्ननगरमा १ सय ६६, खैरहनीमा ८८, राप्तीमा ८४, कालिकामा ४५, माडी नगरपालिकामा १५ र इच्छाकामना गाउँपालिकामा ११ जना संक्रिय संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै चितवनमा मृत्यु हुनेको संखया ६७ पुगेको छ ।

जसमध्ये भरतपुर महानगरपालिकाका मात्रै ३८ जना रहेका छन् । रत्ननगर र खैरहनी नगरपालिकाका समान ८/८, राप्ती नगरपालिकाका ७ र कालिका नगरपालिकाका ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा संक्रमण देखिएपनि अहिलेसम्म कसैको मृत्यु भएको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा ७५ कोरोना संक्रमित थपिएका छन् । चितवनमा पहिलो पटक बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले २ हजार ६ सय ८२ पुरुष र १ हजार ७ सय ७१ महिनाल गरि ४ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा भरतपुर महानगरका ३ हजार ५८, रत्ननगरका ५ सस ५७, खैरहनीका ३ सय १३, राप्तीका २ सय ६७, कालिकाका १ सय ३४, माडी नगरपालिकाका ९४ र इच्छाकामाना गाउँपालिकाका ३० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय