थपिए २९३३ संक्रमित, ५६ प्रतिशत उपत्यकाभित्र
कोरोना भाइरस डिजिज (कोभिड १९)का २ हजार ९ सय ३३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्या मन्त्रालयको अपडेटअनुसार १३ हजार ४ सय ४६ नमुना परीक्षण हुँदा २ हजार ९ सय ३३ नयाँ संक्रमित थपिएका छन् ।
जसमा १ हजार ६ सय ३० अर्थात् ५५ दशमलव ५७ प्रतिशत उपत्यकाका तीन जिल्लामा थपिएका छन् ।
मन्त्रालयले २४ घण्टामा देशभरमा २४ संक्रमितको ज्यान गएको जनाएको छ ।
कोरोना महामारी बढेपनि सरकारले परीक्षणलाई सशुल्क गरेसँगै परीक्षण संख्यामा उल्लेख्य कमी आएको छ । यही आधारमा नमूना परीक्षण् संख्या बढ्न सकेको छैन् ।
२४ घण्टाको अवधिमा ३ हजार १ सय ५० जना निको भएका र निको हुनेदर ७८ दशमलव २ पुगेको छ ।
कुल संक्रमणमा मृत्युदर दशमलव ६ प्रतिशत रहेको मन्त्रालयको भनाई छ ।