सरकारी अस्पतालका लागि एएनएमएफले दियो तीन हजार थान एन९५ मास्क

कोरोनाको हटस्पट बनेको उपत्यकाका कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले ३ हजार थान गुणस्तरीय एन९५ मास्क उपलब्ध गराएको छ ।

फाउन्डेसनका नेपाल अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतलगायतका संस्थाका पदाधिकारीले सोमबार विभिन्न अस्पताल भ्रमण गरेर ११लाख मुल्य बराबरको मास्क हस्तान्तरण गरे ।

सिङ्गापुरस्थित थ्रीएम कम्पनीले उत्पादन गरेको एन९५ मास्क तीन हजार थान उपलब्ध गराएको फाउन्डेसनले जनाएको छ ।

एएनएमएफका अध्यक्ष डा. बस्नेतका अनुसार वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, टेकू अस्पताल, प्रसुति गृह र निजामति अस्पताललगायतलाई प्रत्येक अस्पताल ४ सय थान नघट्नेगरी मास्क दिइएको छ ।

‘सेवा प्रवाह स्तर र दर पनि सरकारीमै बढी छ, त्यसैले त्यहाँका स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन सकियो भने, महामारीमा महत्वपूर्ण योगदान होला’

निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमण हुने दर बढि देखिएपछि कारण खोजी गर्दा गुणस्तरीय मास्क अभाव प्रमुख कारण देखिएपछि एएनएमएफले यस्तो कार्यक्रम अगाडि ल्याएको डा. बस्नेतले बताए ।
अध्यक्ष डा. बस्नेतका अनुसार धेरै स्वास्थ्यकर्मी सरकारी अस्पतालमा प्रयोग गरिएका मास्क गुणस्तरमा शंका गरेपछि उनीको जीवन रक्षा र सेवा प्रवाहलाई दुरुस्त राख्न सहयोग होस भन्ने उद्देश्यले मास्क उपलब्ध गराउँने निर्णय गरिएको हो ।

‘हामीले सरकारी अस्पतालका अथोरिटीसँग पनि कुरा गर्यौं, सार्वजनिक खरिद ऐनअनुसार किन्दा सस्तोलाई टेन्डर दिनुपर्ने भएकोले गुणस्तरमा सम्झौता हुने उहाँहरुले पनि स्वीकार्नु भयो’ डा. बस्नेतले भने ।

उनले निजीले आफै खरिद गर्दा गुणस्तरीय मास्क किन्ने भएकोले त्यहाँका स्वास्थ्यकर्मीमा संक्रमण दर कमी भएको हुनसक्ने आशंका गरे ।

‘सेवा प्रवाह स्तर र दर पनि सरकारीमै बढी छ, त्यसैले त्यहाँका स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन सकियो भने, महामारीमा महत्वपूर्ण योगदान होला’ डा. बस्नेतले भने ।

कोभिड महामारी अगाडि अस्पतालहरुको संस्थागत संरचना र पूर्वाधार विस्तारमा सहयोग पुर्याउदै आएको संस्थाले महामारी सुरु भएसँगै पिपिई, मास्कलगायतका सामग्री उपलब्ध गराउदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय