कोरोनाबाट नर्सको मृत्यु

कोरोनाबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

यसअघि एक चिकित्सक, २ स्वास्थ्यकर्मीसहित ४ नर्सको ज्यान कोरोनाबाट गइसकेको छ ।

यसअघि मृत्यु भएको नर्सहरु अवकास प्राप्त थिए । कार्यरत नर्सकै ज्यान गएको पहिलोपटक हो ।

पछिल्लोपटक मृत्यु हुनेमा दमक नगरपालिका ८ की लमु तमाङ छन् ।

उनी विराट मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाफ नर्स हुन् ।

उनको आइतबार बेलुका ८ बजे मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईले बताए ।

योसँगै दमकमा हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ ।

हिजो दमकमा अरु तीनजनाको मृत्यु भएको थियोे । दमकमा संक्रमितको संख्या ४१९ छ ।

 

One thought on “कोरोनाबाट नर्सको मृत्यु

  1. कसैको मृत्युुलाई मजाक नबनाउ। समाचार संकलन गर्ने र समाचार सम्प्रेषण गर्ने दुबैको कम्जोरी देखियो । फेरि पनि दिदिमा श्रद्धाञ्जली अर्पण गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय