बालरोग विशेषज्ञ डा. निलम अधिकारीको निधन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १७ गते १०:२७

चर्चित बालरोग विशेषज्ञ डा. निलम अधिकारीको निधन भएको छ । क्यान्सर पीडित अधिकारीको आइतबार निधन भएको हो ।

डा. अधिकारीको ग्वार्कोस्थित निवासमा निधन भएको हो ।

लामो समय पाटन अस्पतालमा प्रक्टिस एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापनसमेत गरेकी डा. अधिकारी बालरोग विभागको विभागीय प्रमुखसमेत थिइन् ।

स्वास्थ्य मन्त्रालयले सन् २००९ मा स्थापना गरेको खोपपश्चात् हुने अवाञ्छित घटना अनुसन्धान समितिको संस्थापक अध्यक्ष थिइन् ।

डा. अधिकारी यस्तै प्रकारको खोपसम्बन्धी विश्व सल्लाहकार समितिको पूर्व उपाध्यक्ष समेत हुन ।

अवकासपछि बिएण्डबी अस्पतालमा प्राक्टिस गर्दै आएकी थिइन् ।

नेपालमा बाल रोग र खोप क्षेत्रमा डा. अधिकारीको योगदान अतुलनीय छ ।

रोग विशेषज्ञहरु डा. अधिकारी शालीन तथा मेडिकल इथिक्समा अत्यान्तै सचेत एवं मेहनती चिकित्सकको रुपमा लिन्छन् ।

डा. अधिकारीका श्रीमान् चिकित्साशास्त्र अध्ययान संस्थान (आइओए)का पूर्व डिन डा. रमेशकान्त अधिकारी हुन् । अधिकारी दम्पतीका एक छोरा र एक छोरी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय