दश दिनमै कोरोनामुक्त भएपछि डा.अधिकारीले लेखे – ‘बिरामीको वेदना व्यवहारिक रुपमा बुझ्ने भएको छु’

हेल्थपोस्ट नेपाल

भरतपुर अस्पताल संचालक समितिका अध्यक्ष एवं कोभिड कोअडिनेटर डा. भोजराज अधिकारीले आफै कोरोना संक्रमित बनेर फर्किदाँ संक्रमितका वेदना व्यवहारिक रुपमा अझै बुझ्ने भएको बताएका छन् ।

संक्रमण पुष्टि भएको १० दिनमै भाइरसमुक्त भएसँगै डा. अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –‘गम्भीर प्रकृतिको कोभिडसँग जुधिरहेका बिरामी र परिवारको वेदना अझै व्यवहारिक रुपमा बुझ्ने भएको छु’

डा. अधिकारीले काममा लागेपछि कुनै न कुनै दिन कोरोना लाग्नसक्छ भन्ने सोच पहिल्यै भएको भन्दै लक्षणसहितको संक्रमण भएसँगै केही हतोत्शाही भएको समेत बताएका छन् ।

उनले आफूलाई संक्रमण भएपछि विभिन्न माध्यामबाट स्वास्थ्यलाभको कामना गर्नेप्रतिसमेत धन्यवाद दिएका छन् ।

‘यहाँहरुको माया, ममता र आर्शिवादले १० दिनमा नि पूर्ण स्वास्थ्यलाभसहित कोरोना संक्रमण मुक्त भएको छु’ उनले लेखेका छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *