कोरोनाबाट बाँकेमा २४ घण्टामा ५ सहित ५२ को मृत्यु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १६ गते १८:१२

बाँकेमा मा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । खजुरा गाँउपालिका वडा नम्बर ३ बी गाउँका ४० वर्षिय पुरुषको मृत्यु भएको हो ।

उनको कार्तिक १५ गते नमुना संकलन गरेकोमा रिपोर्ट आउनुअघि नै मृत्यु भएको थियो ।

मृत्यु कार्तिक १५ गते साँझ ५ः३० मै भएपनि आज कार्तिक १६ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणको आशंकामा नेपालगनज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कार्तिक्क १५ गते आइसोलेसन वार्डमा भर्ना गरि उपचार गरिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी रिर्पोटमा उल्लेख रहेको छ ।

आइसोलेसनमा उपचाररत उनको स्वास्थ्यमा सुधार ल्याउन एन्टीबायोटिक औषधी ,अक्सिजन र अन्य आवश्यक उपचार गर्दा पनि बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसगैं बाँकेमा कोरोना संक्रमित ३२ जनाको मृत्यु भईसकेको छ ।

भने बाहिरी जिल्लाका २० जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाई सकेका छन । यसअघि शनिवार मात्रै बाँकेमा एकै दिन ४ जनाको मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय