२ हजार ८ सय २४ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

कोरोना भाइरस डिजिज (कोभिड १९)का २ हजार ८ सय २४ नयाँ संक्रमित थप भएका छन् ।

२४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २३ नमुना परीक्षण हुँदा २ हजार ८ सय २४ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ६ सय २० जनाले कोरोना जितेका छन् ।

योसँगै निको हुने प्रतिशत ७७ दशमलव ७ पुगेको छ । हाल कुल संक्रमितको २१ दशमलव ८ प्रतिशत केस सक्रिय संक्रमित छन् ।

२४ घण्टामा २३ जनाको मृत्यु भएको छ ।

मृतकको संख्या ९६० पुगेको मन्त्रालयले जनाएको छ । यसबीचमा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय २९, भक्तपुरमा १ हजार ललितपुरमा २ हजार ३ सय ४२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय