अमेरिकामा निर्वाचन गतिविधिसँगै कोरोना संक्रमण बढ्यो
अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ।
यो भारतमा भन्दा पनि धेरै हो। भारतमा १ दिनमा ९७ हजार ८ सय ९४ जनामा संक्रमण देखिएको थियो।
अमेरिकामा राष्ट्रपति चुनाव हुनु भन्दा तीन दिनअघि संक्रमितको संख्या एक लाख नाघेको हो।
यस्तो बेलामा पनि फेरि उम्मेदवारी दिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं समर्थक जम्मा हुने आफ्ना चुनावी सभा रोकेका छैनन्।
उनले चुनावी अभियानमा लाखौं मानिसहरुलाई जम्मा पारेका छन् तर कसैले पनि जनस्वास्थ्यका नियम पालना गरेका छैनन्।
भिडमा न त सामाजिक दुरी कायम गरिएको छन्, न मास्क नै लगाएका छन्।
ट्रम्प, उनका श्रीमती, सहयागीहरु र रिपब्लिक पार्टीका नेताहरु आफै पनि कोरोना संक्रमित हुन्।
ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले, कोरोनाबाट मृत्यु हुनु खासै केही ठूलो कुरा नभएको बताएका थिए।
स्टयानफोर्ड विश्वविद्यालयका वेज्ञानिकहरुका अनुसार ट्रम्पको -यालीबाट करिब ३० हजार मानिस संक्रमित भएका छन्। र, ७ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ।
पछिल्लो दुई दिनको रेर्कडले अमेरिकामा अझै संक्रमण बढ्दै जाने संकेत प्रष्ट छ। एजेन्सीहरूको सहयोगमा