कोरोना संक्रमणपछि मुटुरोग विशेषज्ञ डा. सुनील झाको अवस्था गम्भीर, २ सातादेखि भेन्टिलेटरमा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १६ गते १२:५४

कोरोना संक्रमणपछि चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)का प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनील झाको अवस्था गम्भीर बनेको छ ।

मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।

उनी दुई साताभन्दा लामो समयदेखि भेन्टिलेटरमै छन् ।

मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई सुरुमा नर्भिक अस्पताल लगिएकोमा असोज अन्तिम साता त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल लगेलगतैदेखि भेन्टिलेटरमा राखेर उपचार भइराखेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

रेमडिसिभिर, प्लाज्माथेरापीले पनि सुधार नआएको चिकित्सकहरुको भनाई छ ।

कोरोना संक्रमणको तीन साता भइसकेकोले झालाई कोभिड आइसियुबाट जनरल आइसियुमै सारेर उपचार जारी राखिएको छ ।

लामो समयसम्म होस नफर्किएपछि उनको सिटीस्क्यानसमेत गरेर हेरिएको थियो ।

मतिष्कमा असर नदेखिएपछि भेन्टिलेटरबाट उठाउन गरिएको प्रयासअनुसार सकारात्मक नतिजा नआएको चिकित्सकहरुको भनाई छ ।

झाको फोक्सोमा निमोनियाका दाग देखिइरहेको छ । मधुमेही भएका कारण लामो समयदेखि अस्पताल आइनरहेका डा. झाको परिवारका अन्य केही सदस्यमा समेत कोरोना संक्रमण देखिएको छ ।

 

One thought on “कोरोना संक्रमणपछि मुटुरोग विशेषज्ञ डा. सुनील झाको अवस्था गम्भीर, २ सातादेखि भेन्टिलेटरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय