कोरोनाबाट झापामा ४३को मृत्यु

झापामा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार कमल गाउँपालिकाका ५ मंगलबारेका खरेल थरका ७२ वर्षीय पुरुषको आज घरमै मृत्यु भएको हो ।

उपचार पछि घर ल्याइएका उनी होमआइसोलेसनमा थिए ।

कमलमा कोरोनाले मृत्यु हुनेको संख्या तीन पुगेको छ। प्रजिअ तिम्सिनाका अनुसार अरु दुई जनाको गएराति उपचारका क्रममा बिराटनगरमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौरादह नगरपालिका ४ मिलनचोकका निरौला थरका ८६ वर्षीय वृद्ध छन् । उनी लामो समयदेखि मिर्गौला सम्बन्धी समस्या झेलिरहेका व्यक्ति हुन् ।

कोरोना संक्रमणले गौरादहमा अहिलेसम्म छजनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी दमक नगरपालिका ७ का वस्ती थरका ४९ वर्षीय पुरुषको मृत्यु भएको हो । दुई दिन अघि कोरोना पुस्टि भएका उनलाई हिजो अस्पताल लगिएको थियो ।

योसँगै दमकमा मृत्यु हुने संक्रमितको संख्या १६ पुगेको छ । जिल्लामा दमक सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको स्थान हो ।

त्यस्तै हिजो झापा बिर्तामोड ७ का कोरोना संक्रमित ७९ वर्षीय रिजाल थरका वृद्धको मृत्यु भएको प्रजिअ तिम्सिनाले बताए ।

उनको उपचारका क्रममा नोबल हस्पिटल मृत्युमा भएको हो ।

उनलाई सोही हस्पिटलमा संक्रमण पुष्टि भएको थियोे । बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय