टेकू अस्पतालले भन्यो- ‘कोरोना उपचार लिन धरौटी चाहिन्छ’

कोरोना संक्रमणले भयवह रुप लिइरहेको समयमा एकपछि अर्को अस्पतालहरुले संक्रमितको उपचारमा मनपरी शुल्क र धरौटी माग्न क्रम जारी छ ।

यसक्रममा सरकारको प्रमुख सरुवा रोग अस्पताल शुक्रराज सरुवारोग अस्पताल (टेकु अस्पताल)ले समेत सूचना जारी गरेर कोरोना उपचार शुल्क र धरौटी रकम तोकेको छ ।

अस्पतालले एक सूचना जारी गर्दै सरकारको कार्तिक ३ गतेको निर्णयअनुसार अस्पतालमा भर्ना हुने कोभिड १९ बिरामीको उपचारमा शुल्क लाग्ने उल्लेख गरेको छ ।

अस्पतालले भेन्टिलेटर र आइसियु चाहिने बिरामीका लागि दैनिक उपचार खर्च १५ हजार र धरौटी ५० हजार लाग्ने जनाएको छ ।

त्यसैगरी जटिल अवस्थाका आइसियु भेन्टिलेटर चाहिनेलाई दैनिक ९ हजार ५०० उपचार खर्च र ३० हजार धरौटी, मध्याम जटिललाई दैनिक ७ हजार ५०० उपचार खर्च ३० हजार धरौटी र मध्यम जटिललाई २० हजार धरौटी र ३ हजार ५ सय दैनिक शुल्क निर्धारण गरेको छ ।

अस्पतालले विपन्नको सुविधान लिनका लागि परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस आवश्यक पर्ने जनाएको छ ।

अस्पतालले चिकित्सक तथा निर्देशकको सिफारिसमा १० देखि १०० प्रतिशतसम्म छुट गर्ने व्यवस्था रहेको समेत जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय