बाँकेमा २४ घण्टामा चार कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १६ गते १०:४२

बाँकेमा कोभिड–१९ का कारण उपचारको क्रममा रहेका चार जना संक्रमितको दुईदिनको अन्तरालमा मृत्यु भएको छ ।

कोभिड–१९ विषेश आइसोलेसनमा उपचारको क्रममा रहेका ३ जनाको शनिबार एकजनाको आइतबार बिहान अर्का एकको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारीअनुसार आइतबार बिहान भेरी अस्पतालमा उपचार गराइरहेका कैलालीका एक ६० वर्षे पुरुषको ज्यान गएको छ ।

उनको आइतवार बिहान १ बजे मृत्यु भएको हो ।

उनी कात्तिक १४ गते अस्पतालको प्री आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

कोरोनाको आशंकामा १४ गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र १५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा अक्सिजन, एन्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचारले पनि बताउन नसकिएको अस्पतालले जनाएको छ ।

यसअघि बाँकेमा शनिबार मात्रै ३ जना संक्रमितको मृत्यु भएको थियो । नेपालगन्ञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेका १ र दाङका २ गरी ३ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

शनिबार बेलुका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझाका ६० बर्षिय एक कोरोना संक्रमित महिलाको मृत्यु भएको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बेलुका ५ः३० बजे मृत्यु भएको हो ।

शनिबार बिहानै घोराही नगरपालिका वडा नम्बर ४, दाङका ७० वर्षिय कोरोना संक्रमित एक पुरुष र बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८, दाङकै ७० वर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।

उपचारको क्रममा उनीहरुको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको जनाईएको छ ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय