पत्रकार महासंघ झापा अध्यक्षलाई कोरोना पुष्टि

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कनकाई प्रयोगशाला कोटीहोममा गरिएको पिसिआर परीक्षणमा अध्यक्ष सापकोटाको रिपोर्ट पोजेटिभ आएको हो।

केही दिनदेखि ज्वरो आउने, जिउ तथा टाउको दुख्नेलगायतका लक्षण देखिएपछि सापकोटाले स्वाब परीक्षण गराएका थिए।

स्वास्थ्य अवस्था सामान्य रहेका उनी अहिले भद्रपुरस्थित होमआइसोलेसनमा छन्। कान्तिपुर टेलिभिजनका झापा सम्वाददाता गणेशमान मुखिया सहित झापाका चारजना पत्रकारलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलकाअनुसार यो प्रदेशका ७० जना पत्रकारमा कोरोना संक्रमण भइसकेको छ। त्यसमा सबैभन्दा बढी मोरङका पत्रकार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय