दमकका काेराेना संक्रमितकाे आइसोलेसनमा मृत्यु

झापा दमकका कोरोना संक्रमित एक पुरुषको आइसोलेसनमा नै मृत्यु भएको छ।

दमक नगरपालिका-४ का ४२ वर्षीय उनको दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा आज  मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेका आइसोलेसनमा बसेका उनी मिर्गौलाका विरामी  थिए।

उनीसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  १५ जना पुगेको छ। दमकमा मृत्यु हुनेमा  दुई महिला छन्।

योसँगै झापाका  कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय