शुक्रबार थपिए ३५१७ संक्रमित, कोरोनाबाट १६ जनाको मृत्यु

पिसिआर परीक्षणको दायरा बढाउँदै गर्दा कोरोना संक्रमितको संख्यामा पनि बृद्धि हुन थालेको छ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ३५१७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

जसमध्ये उपत्यकामा मात्रै १६१५ जना संक्रमित भएका छन्। उपत्यकामध्ये पनि सबैभन्दा बढी काठमाडौंमा १५०८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना संक्रमित भएका छन्।

यस्तै विभिन्न आइसोलेसनमा बसेका संक्रमित मध्ये मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ। नेपालमा निको हुनेको दर ७६.७ प्रतिशत रहेको छ।

शुक्रबार कोरोनाबाट थप १६ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ। नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय