प्रदेश १ का जेष्ठ सांसद सरावगीलाई कोरोना संक्रमण

प्रदेश १ का सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा आज उनलाई संक्रमण पुष्टि भएको हो।

कांग्रेसको तर्फबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने प्रदेश १ का उनी सबैभन्दा जेठा सांसद हुन्। झापा भद्रपुरका स्थानीय बासिन्दा उनी ७७ वर्षका छन्।

दुई दिनअघि एकसय डिग्री ज्वरो आएपछि उनले पिसिआर परीक्षण गराएका थिए। सांसद सरावगीको स्वास्थ्य अवस्था सामान्य छ।

उनीसँगै उनका भाइ नन्दप्रकाश सरावगी (नन्दु) र नातिलाई समेत संक्रमण पुष्टि भएको छ। अहिले सांसद सरावगी सहित तीनै जना होमआइसोलेसनमा रहेको कांग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय