दूतावासले जारी गर्‍यो जापान जाने नेपालीका लागि स्वास्थ्य मापदण्ड

कोरोना कहरकाबीच जापान सरकारले त्यहाँ जाने नेपालीका लागि स्वास्थ्य मापदण्डबारे निर्देशन दिएको छ।

जापानस्थित नेपाली राजदूतावासले जापान सरकारद्वारा जारी गरिएका मापदण्ड सार्वजनिक गर्दै त्यहाँ रहेका नेपाली र नेपालबाट जानेका लागि पालना गर्न अनुरोध गरेको छ।

जापान सरकारले विभिन्न मेला, पर्व तथा सामूहिक समारोहमा भीडभाड नगर्न निर्देशन जारी गरेको छ। क्रमिक रुपमा घट्दै गइरहेको युरोपमा पुनः संक्रमणको दर बढेको भन्दै जापामा सुरक्षित हुन सरकारले जारी गरेको सबै मापदण्डहरु अनिवार्य पालना गर्न भनिएको छ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै जापानमा रहेका सम्पूर्ण नेपाली तथा विशेष गरी होटल व्यवसायमा संलग्न नेपालीलाई मास्कको अनिवार्य प्रयोग र लक्षण देखिनेवित्तिकै परक्षिण गरी आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

यस्तै नेपालबाट दसैं मनाएर जाने वा अब अध्ययनका लागि त्यहाँ जानेका लागि विशेष मापदण्ड बनाइएको छ।

जसअनुसार जापान जाने नेपालीहरुले त्यहाँ उड्नुअघि अनिवार्य १४ दिन नेपालमा कुनै सार्वजनिक यातायात नचढेको, घर बाहिर निस्कँदा अरु व्यक्तिहरुसँग कुरा गर्दा अनिर्वा मास्क लगाएको, न्यूनतम दूरी कायम गरेको हुनुपर्ने, स्यानिटाइजरको नियमित प्रयोग गरेको हुनुपर्नेलगायत जापान सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय