बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्तालमा मृत्यु भएको हो।

उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

उनी कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए। डा. गौतमकाअनुसार संक्रमित पुरुषमा उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय