स्वास्थ्यमा समस्या देखिएपछि पूर्वसभामुख महरा पत्नीलाई ल्याइयो काठमाडौं

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १४ गते १०:५१

श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीतालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं ल्याइएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।

केही वर्षअघि छातिको अपरेसन गरेकी महरालाई केही दिनयता श्वाप्रश्वासमा समस्या देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय