कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

कोरोना संक्रमित बनेका काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँ निधन भएको छ।

काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।
लामो समयदेखि उनी ब्रोनक्राइटिसबाट पीडित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय