भारतीय भ्याक्सिन तत्काल बजारमा आउन यस्ता छन् दुई अवरोध

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १३ गते १४:०२

भारतमा तयार गरिँदै गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि परीक्षणको तेस्रो चरणमा प्रवेश गरेको छ। यो भ्याक्सिन यस वर्षको अन्त्य अर्थात डिसेम्बरसम्म बजारमा आउने अपेक्षा गरिएको छ।

तर, यो बजारमा कहिलेसम्म आउने हो भन्ने कुरामा भने बाधा देखिएको छ। बजारमा भ्याक्सिन आउनका लागि लण्डनमा भएको ट्रायल्स र डिजिसिएको अनुमतिमा निर्भर हुनेछ।

ब्रिटेनको तथ्यांकको आवश्यकता

भारतमा भ्याक्सिन तयार पारिरहेको सिरम इन्स्टिट्युटका सिइओ अदार पुनावालाले यस वर्षको अन्त्यसम्म भारतमा भ्याक्सिन आउनसक्ने बताएका छन्।

तर, यो भ्याक्सिन कुन मितिसम्ममा बजारमा आउनेछ भन्ने कुरा ब्रिटेनमाथि निर्भर हुने उनले उल्लेख गरेका छन्। ब्रिटेनमा भ्याक्सिनको एडभान्स ट्रायल चलिरहेको छ।

यदि ब्रिटेनको तर्फबाट तथांक उपलब्ध गरिएको खण्डमा इमरजेन्सी ट्रायलका लागि स्वास्थ्य मन्त्रालयमा आवेदन दिइनेछ। स्वास्थ्य मन्त्रालयको अनुमति पाएपछि भारतमा भ्याक्सिन परीक्षण गर्न सकिनेछ। यदि यो सफल भयो भने डिसेम्बरसम्म भ्याक्सिन बजारमा आउने सिइओ पुनावालाले बताए।

१६०० व्यक्तिमा परीक्षण

पुनावालाका अनुसार भारतको सिरम इन्स्टीट्युटमा तयार भइरहेको अक्सफोर्डको कोरोना भाइरस भ्याक्सिनको एकसय मिलियन डोजको पहिलो ब्याज २०२१को फेब्रुअरी या मार्चसम्म आउनसक्नेछ।

ब्रिटेनमा जेनर इन्स्टीट्युटमा विकसित एस्ट्राजेनेकाका लगभग एक हजार ६ सय व्यक्तिमा परीक्षणको अन्तिम चरण चलिरहेको छ।

‘सिरमले एक नयाँ कम्पनी सिरम इन्स्टीट्युट लाइफ साइन्सेज (एसआइएलएस) बनाएको छ, जो विशेष रुपमा महामारीको खोप विकास, उत्पादन र आपूर्तिमाथि ध्यान केन्द्रित गर्नेछ,’ पुनावालाले भने।

जेष्ठ नागरिकमा पनि राम्रो असर

यस्तै सुरुवाती चरणको खोपले जेष्ठ नागरिकमा पनि राम्रो असर देखिएको बताइएको छ। पुनावालाले धेरैले यस विषयमा प्रश्न गरे पनि बृद्धबृद्धा र युवा दुवैमा यसको असर राम्रो देखिएको दावी गरे।

पुनावालाले भने, ‘धेरै मानिसको मनमा प्रश्न छ कि साँच्चीकै सुरुवाती खोप जेष्ठ नागरिक र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिका लागि पनि लाभकारी भयो भने, अण्डर ट्रायल भ्याक्सिनको जेष्ठ नागरिक र युवा दुवैमा राम्रो असर देखिएको छ।’ एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय