बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

बाँकेमा कोरोना संक्रमित भएर उपचारत २३ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा उपचाररत कोरोना संक्रमित २३ जनाको अवस्था गम्भीर रहेकोछ।

जिल्लामा गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ सहित २३ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार जिल्लामा गम्भीर बिरामीमध्ये एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ। भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको हाल उपचार भईरहेको छ।

जिल्लामा दुई आइसोलेसन अस्पतालनमा उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले जानकारी दिए। यस्तै बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइरहेकाछन्।

हालसम्म जिल्लामा तीन हजार ४० जना ब्यक्तिमा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन्। जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय