मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

नेपाल सरकारका मुख्यसचिव शंकर दास वैरागीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

मुख्यसचिव वैरागीले बुधबार बेलुकी ट्वीट गरेर यसबारे जानकारी गराएका हुन्। कोरोना पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताएका छन्।

‘मेरो कोरोना परीक्षण पोजिटिभ देखिएको छ,’ वैरागीले ट्वीटरमा लेखेका छन्, ‘पछिल्ला केही दिनयता मेरो सम्पर्कमा आउनुभएका व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सजगता अपनाउन अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय