अब कोरोनाबारे मिडिया ब्रिफिङ हप्तामा दुई दिन मात्रै

सरकारले कोरोना भाइरस (कोभिड–१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्ने भएको छ।

दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले अब सातामा दुई दिनमात्रै कोरोना अपटेड मिडिया ब्रिफ्रिङ हुने जानकारी दिए।

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो।

‘अबदेखि आइतबार र बुधबार मात्रै साविककै (अपरान्ह ४ः३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ,’ गौतमले भने, ‘दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४ः३० बजेट कोभिड–१९ सूचना दिन खोलिएको वेबसाइट, ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ।’

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय