१९५४ नयाँ संक्रमित थपिए, ११ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४८ जनाको पिसिआर गरिएकोमा १९५४ जना संक्रमित थपिएका हुन्।

बुधबार थपिएकामध्ये उपत्यकामा मात्रै ८४३ जना संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना जितेर दुई हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ७५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या एकलाख २१ हजार ८ सय २४ रहेको छ। नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय